आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, ३१ वैशाख।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा आफूहरुसँग परामर्श नगरी एकपक्षीयरुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग गरिएको हो । सरकारले आउँदो जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी