गुजरात आईपीएल क्रिकेटको प्ले अफमा पुग्यो

गुजरात आईपीएल क्रिकेटको प्ले अफमा पुग्यो

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२८ बैशाख, काठमाडौं । नवप्रवेश टोली गुजरात टाइटन्सइन्डियन प्रिमियर लिग(आईपीएल) टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ ।

मंगलबार राति पुनेमा भएको खेलमा लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरातले प्ले अफमा स्थान पक्का गरेको हो ।

खेलमा गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्तिम ब्याटर आभेश खानले २ छक्काको मद्दतले १२ रन जोडे ।

लखनउलाई सस्तैमा समेट्न गुजरातका राशिद खानले ४ विकेट लिए । यस्तै, साइ किशोर र यश दयालले २र२ तथा मोहमद शामीले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।

गुजरातका लागि शुबमन गीलले अविजित रहँदै ६३ रन जोडे । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२, हार्दिक पान्ड्याले ११ तथा म्याथ्यु वेडले १० रन बनाए ।

लखनउका आभेश खानले २ तथा मोहसिन खान र होल्डरले १र१ विकेट लिए ।

जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै लखनउलाई उछिन्न सफल भयो । दोस्रो स्थानमा रहेको लखनउको १६ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ