आजदेखि देशैभरका विद्यालय ६ दिन बिदा, काठमाडौंमा नीजि विद्यालय सन्चालनमा

आजदेखि देशैभरका विद्यालय ६ दिन बिदा, काठमाडौंमा नीजि विद्यालय सन्चालनमा

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

२८ बैशाख, काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजदेखि ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो ।

हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् ।

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै, सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ । १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् ।
तर काठमाडौं उपत्यकाका नीजि विद्यायालयले भने आज बिदा दिएका छैनन् । केहिले बिदा दिएपनि अधिकाशं ठूला नीजि बिद्यालय आज पनि सन्चालनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी