सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिइन्

सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिइन्

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

वैशाख २७, काठमाडौँ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छन् । सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बताए ।
भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको लुभुस्थित घरमा उनलाई मृत अवस्थामा पाइएको हो । अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी थिइन् र त्यहीँ बसेकी थिइन् ।
भोजमा अध्यक्ष बोस पनि सामेल थिए । नेपालगञ्जकी सञ्जु एसियाली खेलकुदको तयारीका लागि काठमाडौं आएकी थिइन् ।
उनले दुई वर्ष अगाडि भएको दक्षिण एसियाली खेलकुदमा ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । उनलाई नेपाली भारोत्तोलनल पाएका महिला खेलाडीहरूमा सबैभन्दा उत्कृष्टमध्ये एक मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ