नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक, ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक, ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय

  • शनिबार, बैशाख २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

२४ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज एक कार्यक्रम गर्दै नवौं राष्ट्रिय खेलकुदको लोगो र स्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गरे ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ तय गरिएको छ ।

लोगो र मस्कट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै, दुई प्रर्दशनी खेल आयोजना गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ