मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

  • शनिबार, बैशाख ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, ३ बैशाख।  मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ ।

भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

रुपन्देहीका  प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान गरे । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन मात्र बनायो ।

मलेसियाको नर्जरिल रहमानले सर्वाधिक ३६ रन बनाए । त्यस्तै जुबैदी जुलफुक्लेले २६ रनको योगदान गरे । रुपन्देहीका लागि बसिर अहम्मदले दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ