बायर्नलाई पराजित गर्दै भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

बायर्नलाई पराजित गर्दै भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

  • बुधबार, चैत्र ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ३० चैत ।
जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १(१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति १(१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १(० अन्तरले पराजित गरेको थियो ।

समग्रमा भिल्लारियल २(१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलको ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

मंगलबार नै भएको अर्को खेलमा रियल मड्रिड क्लब चेल्सीसँग ३(२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३(१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ