२ वर्षमा ७० करोडको तास भित्रियो नेपालमा !

२ वर्षमा ७० करोडको तास भित्रियो नेपालमा !

  • बिहिबार, चैत्र २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, २४ चैत । बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ ।

भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मुल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्राउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपलमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।

पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ । सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो । यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अष्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७५र७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रदै आएको विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सारको तथ्याङ्कले वर्षेनी करोडौं रुपैया तास आयात गर्दा विदेशीने गरेको देखाएको छ ।

जुवातास खेलेको आरोपमा करिव १० हजार पक्राउ

तासकै कारण नेपालमा वर्षेनी सयौं जना पक्राउ पर्ने गरेका छन् । प्रहरीले जुवातास खेलेको आरोपमा उनीहरुलाई पक्राउ गर्ने गरेको छ । पछिल्ला वर्ष वर्षेनी तीन हजारभन्दा बढी व्यक्तिहरु जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २८६९, २०७६÷७७ मा ३ हजार ५८४ र २०७७÷७८ मा ३ हजार ४५६ जना व्यक्ति जुवातास खेलेको आरोपमा पक्राउ गरेका थिए । अर्थात पछिल्लो तीन आर्थिक वर्षमा जुवातास खेलेको आरोपमा प्रहरीले ९ हजार ९०९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ३३१ जना महिला रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी