चैत्र २१ काठमाण्डौँ । त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेटको फाईनलमा पिएनजीलाई पराजीत गर्दै उपाधी जीतेको छ ।
नेपालले दिएको १६९ रनको मध्यम चूनौती पूरा गर्न नसकेको पिएनजी १६.१ ओभरमा १० विकेट गुमाएर ११८ रन मात्र जोड्दा नेपाल ५० रनले बिजयी भएको हो ।
पिएनजीलाई सस्तैमा समेट्ने क्रममा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १८ रन दिएर चार विकेट लिए । त्यसै गरी करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामीछानेले २ विकेट लिए ।
पिएनजीका सेसे बावुले सर्वाधीक ५९ रन जोडे ।
टस हारेर ब्याटीङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन मात्र जोडेको थियो ।
नेपालका लागि आज पनि दिपेन्द्र सिंह ऐरीले अविजीत ५४ रन जोड्दै अर्धसतक पूरा गरे । उनले ५ चौका सहित ३८ बलमा उनले उक्त रन बनाए ।
त्यसपछि करण केसीले विष्फोटक ब्याटीङ गर्दै १२ बलमा ५ चौका र एक छक्का सहित ३३ रन जोडे ।
ओपनर आशिफ सेख २९, कुसल भुर्तेल २५ रन बनाएर आउट हुँदा आरिफ शेख र दिलीप नाथ शुन्य रनमै पेभिलियन फकिए । मोहम्मद आदिल आलम १५, र।ेहित पौडेल २ रनमा आउट भए ।
सेमो कामियाले नेपालको तीन विकेट एकै ओभरमा लिएका थिए ।