चैत्र २१ काठमाण्डौँ । त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेटको फाईनलमा नेपालले केही फितलो ब्याटीङ गर्दै पिएनजीलाई १६९ रनको मध्यम चूनौती दिएको छ । टस हारेर ब्याटीङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन मात्र जोड्यो ।
यो श्रृखलामा यस अघि नेपालले १८० देखि २२३ रन सम्म जोडेकेमा आज भने कम योगफल तयार पारेको हो ।
नेपालका लागि आज पनि दिपेन्द्र सिंह ऐरीले अविजीत ५४ रन जोड्दै अर्धसतक पूरा गरे । उनले ५ चौका सहित ३८ बलमा उनले उक्त रन बनाए ।
त्यसपछि करण केसीले विष्फोटक ब्याटीङ गर्दै १२ बलमा ५ चौका र एक छक्का सहित ३३ रन जोडे ।
ओपनर आशिफ सेख २९, कुसल भुर्तेल २५ रन बनाएर आउट हुँदा आरिफ शेख र दिलीप नाथ शुन्य रनमै पेभिलियन फकिए । मोहम्मद आदिल आलम १५, र।ेहित पौडेल २ रनमा आउट भए ।
सेमो कामियाले नेपालको तीन विकेट एकै ओभरमा लिएका थिए । अहिले पिएनजीले जवाफी व्याटीङ गरीरहेको छ ।