टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटः उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटः उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

  • सोमवार, चैत्र २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, २१ चैत । त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ ।
आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यन्ह १२ः ३० बाट सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २ ० ले क्लिन स्विप गरेको थियो ।

नेपालका कप्तान सन्दीप लामिछानेले फाइनल खेल महत्वपूर्ण हुने बताए ।

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

पीएनजी नेपाललाई पन्छाउँदै टी ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ