चैत्र १७ काठमाण्डौँ । कीर्तिपुर क्रिकेट मैदानमा नेपाली क्रिकेटका अलराउण्डर दिपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल अलिको डेब्युमै बिष्फोटक ब्याटिङ पछि नेपालले पपुवा न्युगिनीलाई २०४ रनको चूनौती दिएको छ । नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रनको योगफल तयार पारेको हो ।
ऐरीले ३३ बलमा ४ छक्का र तीन चौका सहित ६६ रन बनाए । त्यसपछि रोहित पौडेलले २३ बलमा ४१ रन बटुले । उनले २ छक्का र चार चौका हिर्काए । ओपनर आशिफ शेखले एक छक्का र चार चौकाको मद्धतमा ३८ रनको योगदान दिए । डेब्यु खेलमै मोहम्मद आदिल आलमले ११ बलमै ३१ रन जोड्ने क्रममा तीन छक्का र एक चौका प्रहार गरे ।
ओपनर कुसल भुर्तेलले १७ रन बनाउदा दिलीप नाथ शुन्य रनमा आउट भए ।
नेपालले दिएको २०४ रनको बिशाल लक्ष्य बिरुद्ध पपुवा न्युगिनीले अब केही बेरमा जवाफी व्याटीङ थाल्नेछ ।
आजको खेल जितेमा नेपाल त्रिकोणात्मक सिरिजको फाईनल प्रवेश गर्नेछ ।