काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ ।
घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह साढे १२ मा सुरु हुनेछ ।
श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले आजको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ ।
तीन टोली सम्मिलित श्रृंखलमा दुई दुई खेलको समाप्तीसम्म नेपाल ४ अंकसहित शिर्ष स्थानमा रहँदा मलेसिया दुई अंकसहित दोस्रो तथा अंकबिहिन पपुवा न्युगिनी तेस्रो स्थानमा रहेको छ ।
किर्तिपुर मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखलामा अग्रता लिएको हो । मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।