चैत्र १६ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेट श्रृखलामा आज नेपालले मलेशियाको सामना गर्दैछ । खेल कीर्तिपुर मैदानमा साढे १२ बजेपछि शुरु हुनेछ ।
यस अघि पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजीत गरेको थियो ।
त्यसै गरी मलेशियाले पनि पपुवा न्युगिनीलाई पराजीत गरेको थियो ।
नेपाल आज लगातार दोस्रो जीत सहित श्रृखला कब्जा गर्ने दाउमा छ । नेपाल भन्दा तुलनात्मक रुपमा मलेशिया कमजोर देखिए पनि उसले पपुवा न्युगिीनीलाई समेत पराजीत गरेकाले सचेत भएर खेल्नु पर्नेछ ।
पपुवा न्युगिीनीले नेपाललाई एक दिवसीय श्रृखलाको दुबै खेलमा पराजीत गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline