पपुवा न्युगीनीमाथि नेपालको रोमाञ्चक जीत

पपुवा न्युगीनीमाथि नेपालको रोमाञ्चक जीत

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चैत्र १४ काठमाण्डौँ । काठमाण्डौँमा आजबाट शुरु भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा पपुवा न्युगीनीमाथि नेपालले रोमाञ्चक जीत हात पारेको छ ।
टस हारेर ब्याटीङ गरेको नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगीनीलाई नेपालले १६८ रनमा १९.२ ओभरमा अलआउट गर्दै १५ रनको जीत निकालेको हो ।
पपुवा न्युगिनी बिरुद्ध कप्तान सन्दीप लामीछाने र करण केसीले महत्वपूर्ण तीन तीन विकेट लिए । त्यसै गरी अविनाश बोहराले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
पपुवा न्युगिनीका नोरमान भानुवाले करण केसीले एलबीडब्लु आउट गर्नु अघि ५२ रन जोडेका थिए ।
नेपालका लागि आशिफ शेखले सर्वाधीक ४३ रन बनाए । ओपनर कुसल भुर्तेलले विष्फोटक शुरुवात गर्दै ११ बलमा २० रन जोडेर रन आउट भए ।

त्यसपछि रोहित पौडेलले २६ बलमा ३४ रन जोडे । आरिफ शेखले ३१ रन जोड्दा कुसल मल्ल ११ रनमा आउट भए । करण केसीले ७ बलमा १४ रन बटुले भने दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । लोकेश बम ५ रनमा आउट हुँदा सोमपाल १ रनमा पेभिलियन फर्किए । अब नेपालले अर्को खेल मलेशिया बिरुद्ध खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ