त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई दियो १८४ रनको लक्ष्य

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई दियो १८४ रनको लक्ष्य

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चैत्र १४ काठमाण्डौँ । काठमाण्डौमा शुरु भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई एक सय ८४ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २० ओभरमा १८३ रन जोड्यो ।
नेपालका लागि आशिफ शेखले सर्वाधीक ४३ रन बनाए । ओपनर कुसल भुर्तेलले विष्फोटक शुरुवात गर्दै ११ बलमा २० रन जोडेर रन आउट भए ।

त्यसपछि रोहित पौडेलले २६ बलमा ३४ रन जोडे । आरिफ शेखले ३१ रन जोड्दा कुसल मल्ल ११ रनमा आउट भए । करण केसीले ७ बलमा १४ रन बटुले भने दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । लोकेश बम ५ रनमा आउट हुँदा सोमपाल १ रनमा पेभिलियन फर्किए ।
अब पपुवा न्युगिनीले केही बेरमा जवाफी व्याटिङ गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ