नेपाल दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग पराजीत

नेपाल दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग पराजीत

  • शनिबार, चैत्र १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चैत्र १२ काठमाण्डौँ । दिपेन्द्र सिंह ऐरीले शतक बनाउनुका बाबजुद नेपालले दोस्रो एक दिवसीय खेलमा पनि पपुवा न्युगिनीसँग ३ विकेटले पराजीत भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २७९ रनको लक्ष्य पपुवा न्युगीनीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल हिजोको पहिलो खेलमा पनि ६ रनले पराजीत भएको थियो ।

नेपालका लागि आज युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले शतक पुरा गरेका छन् । ऐरीले १४० बल खेल्दै ७ चौकाको मद्दतमा १०५ रन बनाएर आउट भए । हिजोको खेलमा रोहित पौडेलले शतक पूरा गरेका थिए ।
त्यसै गरी आज देव खनालले पनि उत्कृष्ट ब्याटीगं गरे । उनले ८६ बल खेल्दै तीन छक्का र चार चौकाको मद्धतमा ७२ रन जोडे । दीपेन्द्र र खनालले १२९ रनको साझेदारी गरेका थिए ।
शुरुमै ओपनर कुसल भुर्तेल शुन्य र अनिल शाह एक रनमा आउट भएपछि संकटमा परेको नेपाललाई ऐरी र खनालले उकासेका थिए ।
त्यसपछि रोहित पौडेलले पनि ३५ रन बटुले भने भीम सार्कीले २६ रन जोडे । सन्दीप लामीछानेले अविजीत ९ बलमा २४ रन जोडे । आरिफ शेख ४ रनमा आउट भए भने पवन सर्राफ शुन्य रनमै पेभिलियन फर्किए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ