काठमाडौं चैत्र । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले खराब शुरुवात गर्दैछ । टस जीतेर नेपालले ब्याटीगं थालेपनि पहिलो बलमै नेपालले झड्का ब्यहोरेको छ ।
नेपालका ओपनर कुसल भुर्तेल पहिलो बलमा शुन्य रनमा आउट भए । त्यसपछि अर्का ओपनर अनिल शाह पनि एक रनमा आउट भएपछि नेपाल संकटमा परेको छ । तेस्रो ओभरमा नेपाल ५ रन भित्र दुई विकेट गुमाएर खेलिरहेको छ । नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ ।
दुई खेलको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी १–० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।
पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो ।