चैत्र ११ काठमाण्डौँ । अन्तिम ओभरमा ६ बलमा जीतका लागि दश रन चाहिएको अवस्थामा विकेटको नोक्सानी नहुँदा समेत तीन रन मात्रै बटुलेपछि नेपाल घरेलु मैदानमै पपुवा न्युगीनीसँग पराजीत भएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ८ विकेटको नोक्सानीमा २८६ रन मात्र बनाउदा ६ रनले स्तव्ध हुन पुग्यो ।
रोहित पौडेलले १२६ रनको सतकीय योगदान दिएर ऐतिहासिक रेकर्ड राखेको खेलमा नेपाल जीतबाट भने चुक्यो । नेपालका लागि आरिफ शेख ३४ र कुसल भुर्तेलले ३२ रन बनाए ।
सोमपाल कामी र कमल ऐरी समान १८ रनमा अविजीत रहे ।
पपुवा न्युगीनीका लागि अमिनीले ७७ र भालाले ६० रन बनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline