एक दिवसीय क्रिकेटमा नेपालबाट सबै भन्दा धेरै रन बनाउने खेलाडी बने रोहित पौडेल

एक दिवसीय क्रिकेटमा नेपालबाट सबै भन्दा धेरै रन बनाउने खेलाडी बने रोहित पौडेल

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

चैत्र ११ काठमाण्डौँ । रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका तर्फबाट सबै भन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले करिअरकै पहिलो शतक प्रहार गर्दै १२६ रन बनाएर आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यूगिनीसँग जारी खेलमा रोहितले सानदार शतक पूरा गरेका हुन।

ओडिआईमा शतक प्रहार गर्ने रोहित दोस्रो नेपाली खेलाडी हुन। यसअघि पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको इनिङ्स खेलेका थिए ।
यसबाहेक रोहितले ओडिआईमा ४ अर्धशतक पनि प्रहार गरेका छन्।

रोहितले २०१९ जनवरीमा यूएई, २०२१ सेप्टेम्बरमा पीएनजी र अमेरिका तथा २०२२ मार्चमै पीएनजीविरुद्ध अर्धशतकीय पारी खेलेका थिए।

यसै खेलमार्फत रोहित ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउँने खेलाडी समेत बने। रोहितले समाचार तयार पार्दासम्म ५६२ रन बनाइसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ