चैत्र ११ काठमाण्डौँ । एशिया कप छनौटको तयारीमा रहेको नेपालले थाईल्याण्डसँगको मैत्रीपूर्ण खेलमा दुई शुन्यको हार व्यहोरेको छ । गएराति सम्पन्न खेलमा नेपाल पराजीत बनेको हो । पहिलो हाफ् बराबरीमा रोकेको नेपालले दोस्रो हाफ्को ७८ र ८९ औँ मिनेटमा दुर्ई गोल ब्यहोर्यो ।
त्यसो त नेपालले कुनै पनि शक्तिशाली आक्रमण गर्न सकेन । निरन्तर रक्षामा व्यस्त नेपाल बिरुद्ध फिलिप र चाओवाटले गोल गरेका थिए ।
थाईल्याण्डमै नेपालले त्याहाँको एक स्थानीय क्लबसँग पनि खेल्दैछ । नेपाल छनौट चरणको समुह ए मा रहेको छ । यस समुहमा कुवेत, ईन्डोनेशिया र जोर्डन रहेका छन् । नेपाल भन्दा बलियो टोलीका रुपमा रहेका समुहका टिम बिरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्ने तयारीकै लागि विदेशमा प्रशिक्षण र मैत्रीपूर्ण खेलहरु खेलिरहेको हो ।
यस खेलबाट केही सुधार्ने मौकाको रुपमा प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले लिएका छन् । उनले दुई वटा कमजोरीका कारण पराजीत भएको भन्दै टिमले राम्रो खेलेको र निरन्तर सुधार भईरहेको बताए ।