शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 59.7K
    SHARES

गलकोट, १० चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताउनुभयो ।आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताउनुभएको हो ।

मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भन्नुभयो । उहाँले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिनुभयो ।

दुबै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमो आयोजना गरिएको हो । तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी