एशिया कपको छनौटको तयारीका लागि नेपालले थाईल्याण्डसँग आज मैत्रीपूर्ण फुटबल खेल्दै

एशिया कपको छनौटको तयारीका लागि नेपालले थाईल्याण्डसँग आज मैत्रीपूर्ण फुटबल खेल्दै

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चैत्र १०,  काठमाडौँ । एसिया कप छनोट तेस्रो चरणको तयारी स्वरुप नेपालले आज थाईल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली बैंकक पुगिसकेको छ । नेपालका प्रशिक्षक अलमुताईरीले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विस्वास गरेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ् च्याम्पियनसिपको फाईनलमा पुगेको थियो ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो । आज नेपालको रणनीति जीत वा कम्तीमा बराबरीको रहेको देखिन्छ ।

खेल अगाडि आयोजित प्रि म्याच पोस्ट कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने बताए ।

अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएको छ र टिमको तायरीमा आफू सन्तुष्ट रहेको पनि बताए । यस्तै नेपाली टिमका कप्तान किरण लिम्बूले थाइल्यान्डको सामना गर्नेक्रममा एसियाकप छनोट अगाडि रहेका कमजोरी सुधार्ने बताए ।
खेल थाइल्यान्डको चोनबरीमा साँझ पौने ६ बजे शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ