नेपाली राष्ट्रिय फुटवल टोली स्पोर्टस अफ् द ईयर अवार्डबाट सम्मानित

नेपाली राष्ट्रिय फुटवल टोली स्पोर्टस अफ् द ईयर अवार्डबाट सम्मानित

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं चैत्र ८। नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड प्राप्त गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको कार्यक्रममा फुटबल टिमलाई टीम अफ द इयरको अवार्ड प्रदान गरिएको हो ।

फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो । त्यसमध्ये १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

यसै गरी उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरिएको छ ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।

आयोजकले दशककै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्ता पारस खड्का र महिलातर्फ राष्ट्रिय महिला फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई प्रदान गरेको छ ।

पारा स्पोर्ट्स अनर–२०७७ भने सरिता थुलुङले हात पारेकी छन् । लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन् ।

धाविका पुष्पा भण्डारीले ‘पर्फमर अफ दि इयर’ अवार्ड हात पारेकी छन् । गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा पुष्पाले स्वर्ण पदक जितेकी थिइन् ।

एनएसजेएफको स्पेशल अवार्ड भने डा. अजय राणालाई प्रदान गरिएको छ । नेपाली खेल क्षेत्रका हरेक प्रतियोगितामा खेलाडीको स्वास्थ्यमा विशेष जिम्मेवारी निर्वाह गरेका राणालाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।

पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ