चैत्र ८ काठमाण्डौँ । ब्याटीङमा निकै ठूलो समस्या देखिँदा युएई बिरुद्ध दुई खेल गुमाएको नेपालले आज भने यसमा सुधार गर्दै जीत हात पारेको छ । विश्व क्रिकेट लिग डिभिजन २ मा आज पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र तीन विकेटको नोक्सानीमा पूरा गर्यो ।
आज नेपाललाई जीत दिलाउने क्रममा कुसल भुर्तेल र आरिफ शेखले अर्धसतक पूरा गरे । आरिफ शेखले उत्कृष्ट ब्याटीङ गर्दै अविजीत ५९ रन जोडे । त्यसै गरी कुसल भुर्तेलले ५० रन पूरा गरेर आउट भए । ओपनर आशिफ शेख २ रनमै आउट हुँदा रोहित पौडेलले अविजीत ४४ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरी आज पनि शुन्य रनमा आउट भए ।
त्यस अघि पपुवा न्युगीनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन जोडेको थियो ।
पपुवा न्युगिनी बिरुद्ध नेपालका सन्दीप लामीछाने, सोमपाल कामीले समान दुई विकेट लिए भने करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफले एक एक विकेट लिए ।
यो जीतसँगै नेपालले समग्र १२ खेलमा ६ जीत र ६ हजार सहित १२ अंक बटुलेको छ । नेपाल अंक तालिकाको छैटौ स्थानमा यथावत रहेको छ । यो समुहको शीर्ष स्थानमा ओमन रहेको छ ।