चैत्र ७ काठमाण्डौँ । युएईमा जारी त्रिकोणात्मक एक दिवसीय विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले खराब खेल्दै ९९ रनको लज्जास्पद हार ब्यहोरेको छ ।
युएईले दिएको २०३ रनको चुनौती पछ्याएको नेपाल ३६ औँ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । टस जीतेर नेपालले ब्याटीङको निम्तो दिएको युएईले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाए । त्यस बाहेक आरिफ शेख र सोमपाल कामीले समान १५ रन जोड्दा बिनोद भण्डारी १२ रनमा रनआउट भए । रोहित पौडेल ९ रनमा आउट भए । ओपनर कुसल भुर्तेल ५ र पवन सर्राफ २ रनमा आउट भए । सन्दीप लामीछाने शुन्य रनमा आउट हुँदा करण केसीले ४ रन बटुले । दिपेन्द्र सिंह ऐरी पनि शुन्य रनमा पेभिलियन फर्किए ।
नेपालका लागि सन्दीप लामीछानेले ३, सोमपाल कामी र करण केसीले समान दुई दुई र दीपेन्द्र सिंह ऐरी र आशिफ शेखले एक एक विकेट लिएका थिए ।
युएईका लागि मुस्ताफाले सर्वाधीक ६० रन दिएका थिए । नेपालले युएईको ओपनिङ पारी तोड्न किनै समय लगाएको थियो ।
पहिलो खेलमा ४८ रनको पराजय व्यहोरेको नेपाल आज जीत हात पार्न चाहन्छ । अब नेपालले केही बेरमा जवाफी व्याटीङ थाल्नेछ ।