चैत्र ७ काठमाण्डौँ । युएईमा जारी त्रिकोणात्मक एक दिवसीय विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई युएईले २०३ रनको चुनौती दिएको छ । टस जीतेर नेपालले ब्याटीङको निम्तो दिएको युएईले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनायो ।
नेपालका लागि सन्दीप लामीछानेले ३, सोमपाल कामी र करण केसीले समान दुई दुई र दीपेन्द्र सिंह ऐरी र आशिफ शेखले एक एक विकेट लिएका थिए ।
युएईका लागि मुस्ताफाले सर्वाधीक ६० रन दिएका थिए । नेपालले युएईको ओपनिङ पारी तोड्न किनै समय लगाएको थियो ।
पहिलो खेलमा ४८ रनको पराजय व्यहोरेको नेपाल आज जीत हात पार्न चाहन्छ । अब नेपालले केही बेरमा जवाफी व्याटीङ थाल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline