दक्षिण एशियाको गरीब तर खुसी देश नेपाल, विश्वमा पहिलो फिनल्याण्ड

दक्षिण एशियाको गरीब तर खुसी देश नेपाल, विश्वमा पहिलो फिनल्याण्ड

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

काठमाडौं चैत्र ५ । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक गरिएको छ । यो सूचीमा नेपाल दक्षिण एशियामा पहिलो बनेको छ । आर्थिक रुपले दक्षिण एशियामा नेपाल निकै पछि र गरीबीमा रहेको भएपनि नागरिकहरु भने खुसी रहेको पाईएको छ ।

विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ ।
वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो ।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।

स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८५ औँ स्थानमा छ ।

भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी