ब्याट्सम्यानले धैर्यता गुमाउदा जीतको नजिक पुगेर युएईसँग हार्यो नेपाल

ब्याट्सम्यानले धैर्यता गुमाउदा जीतको नजिक पुगेर युएईसँग हार्यो नेपाल

  • शुक्रबार, चैत्र ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौँ चैत्र ४ । युएई बिरुद्धको एक दिवसीय क्रिकेटमा नेपालका ब्याट्सम्यानले धैर्यता गुमाउदा जीतको नजिक पुगेको खेल गुमाउन पुगेको छ । खराब शुरुवात गरेका नेपाली ब्याट्सम्यानले सामान्य लक्ष्य पछ्याउने क्रममा लयमा ब्याटिगं गर्न सकेनन् । रोहित पौडेलले ४६ रनको योगदान दिएर जीतको नजिक पुर्याएको खेलमा नेपाल ३६ औँ ओभरमा अलआउट हुँदै युएईसँग ४८ रनले स्तव्ध बन्यो ।
आज ज्ञानेन्द्र मल्लले २८ र कुसल भुर्तेलले ११ रन बाहेक कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो रन जोेड्न सकेनन् । नेपाललाई सस्तोमा समेट्ने क्रममा युएईका बासिल हामिदले ४ र जुनेदले ३ विकेट लिए ।
यस अघि नेपालका बलरहरु चम्किदा युएई १६८ रनमा अलआउट भएको थियो। टस हारेर ब्याटीगं गरेको युएईलाई ४६।३ ओभरमा अलआउट गर्ने क्रममा सोमपाल कामीले चार विकेट लिए ।

उनले ९ ओभरमा ३९ रन दिएर उक्त विकेट लिएका हुन् । त्यसपछि करण केसीले ७।३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए ।
सन्दीप लामीछाने , दिपेन्द्र सिंह ऐरी र सागर ढकाल ले समान एक एक विकेट लिए ।
नेपालले दश खेलमा ५ मा जीत तथा पाँचमा हारका साथ लिग अंक तालिकाको छैटौ स्थानमा रहेको छ । नेपालको दश अंक मात्र रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ