युएई बिरुद्ध नेपाललाई झड्का, १० ओभरमा ३ विकेट गुम्यो

युएई बिरुद्ध नेपाललाई झड्का, १० ओभरमा ३ विकेट गुम्यो

  • शुक्रबार, चैत्र ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौँ चैत्र ४ । युएई बिरुद्धको एक दिवसीय क्रिकेटमा नेपालका ब्याट्सम्यानले खराब शुरुवात गरेका छन् ।
नेपालले १६९ रनको मध्यम लक्ष्य बिरुद्ध शुरुवातमा झड्का बेहोरेको हो । ओपनर कुसल भुर्तेल १२, आशिफ शेख ७ रनमा आउट हुँदा भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी पनि ४ रनमा आउट भएपछि नेपाल केही दबाबमा आएको छ । यो खबर तयार पार्दा सम्म नेपालले ११ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाएको छ ।
यस अघि नेपालका बलरहरु चम्किदा युएई १६८ रनमा अलआउट भएको थियो। टस हारेर ब्याटीगं गरेको युएईलाई ४६.३ ओभरमा अलआउट गर्ने क्रममा सोमपाल कामीले चार विकेट लिए ।

उनले ९ ओभरमा ३९ रन दिएर उक्त विकेट लिएका हुन् । त्यसपछि करण केसीले ७।३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए ।
सन्दीप लामीछाने , दिपेन्द्र सिंह ऐरी र सागर ढकाल ले समान एक एक विकेट लिए ।
युएईका लागि रिजवान र मुस्ताफाले सर्वाधिक ४० -४० रन बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ