चैत्र ४ काठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज युएईलाई हराउन सके नेपालको १० अंक हुनेछ । अन्य शीर्ष समुहसँगको अंक दुरी घट्नेछ । नेपालले अझै अरु देशको तुलनामा कम खेल खेलेका कारण नेपालले अंक तालिकामा सुधार गर्ने मौका रहेको छ ।
नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो भने युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै ७ विकेटले हराएको थियो ।
नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ । पहिलो स्थानमा ओमन रहेको छ ।