पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने

पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने

  • बुधबार, चैत्र २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २ चैत । विराटनगरस्थित नोबेल मेडिकल कलेजले भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो ।

सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी घिमिरे र सल्लाहकार डा.केपी शर्मासहित दश जना विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन् । सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनासम्मका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

विद्यार्थीहरुका लागि सोही अवधिमा प्रत्यक शनिवार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गरिनेछ । पहिलो सेमेष्टरको कोर्स सकिएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउँने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी