पपुवान्युगीनीमाथि नेपालको २ विकेटको जीत

पपुवान्युगीनीमाथि नेपालको २ विकेटको जीत

  • बुधबार, चैत्र २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चैत्र २ काठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज पपुवा न्युगिनी विरुद्ध २ विकेटको जीत निकालेको छ ।

युएईमा भएको खेलमा २०५ रनको लक्ष्य पाएको नेपालले ४ बल बाँकी छँदै ८ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै २ विकेटको जीत निकालेको हो ।

नेपालको जीतका लागि रोहित पौडेल, आरिफ शेख र करण केसीले महत्वपूर्ण योगदान दिए । रोहित पौडेलले ५८, शेखले ५३ र करण केसीले अविजीत २९ रन जोडेपछि नेपालले जीत निकाल्न संभव भएको हो ।

आशिफ शेख १६ र विनोद भण्डारीले ११ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेका थिएनन् । यो जीत सँगै नेपालको १० अंक भएको छ ।
त्यस अघि नेपालको लागि सोमपाल कामीले ३ विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ