पर्सामा बर्डफ्लु, धमाधम कुखुरा नष्ट गरिदै

पर्सामा बर्डफ्लु, धमाधम कुखुरा नष्ट गरिदै

  • शनिबार, फाल्गुन २८, २०७८
  • दिपक चौरसिया

  • 11.2K
    SHARES

पर्सा २८ फागुन । पर्सामा एक कुखुरा फार्ममा रहेको कुखुराहरुमा बर्डफ्लु संक्रमण भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही टोलमा रहेको कुखुरा फार्ममा ठूलो संख्यामा बर्डफ्लु देखिएको हो।

वीरगञ्ज महानगरपालिका–१५ भेडियाही टोलमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु देखिएको पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवले जानकारी दिए।

पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार वीरगन्ज महानगरपालिका १५ भेडीयाही मा सञ्चालित एउटा कुखुरा फर्ममा ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखीएको हो ।

स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमणका कारण मरे डिएसपी खनालले जानकारी दिए । ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखिएपछि फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरुलाई समेत नष्ट गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।

पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालका अनुसार जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्वमा फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण आफै मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

कुखुराहरु नष्ट गरेपछि फर्मलाई सिल गरिएको छ । सो स्थानमा रहेका अन्य कुखुरा फर्महरुको पनि अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको बताइएको छ । यदी तपाई कुखुराको मासु खाईरहेको भएको छ भने, सावधान हुनुस् । हो पर्सा जिल्लाको कुखुरा र्फममा बर्डफलू देखिएको हो ।

वीरगञ्जको मुख्य बजारमा भएको कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण देखिएपछि आसपासका अन्य फार्ममा पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ