मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिईएका हमालको हिरासतमा मृत्युपछि आफन्त आन्दोलित

मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिईएका हमालको हिरासतमा मृत्युपछि आफन्त आन्दोलित

  • शनिबार, फाल्गुन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

फागुण २१ सुर्खेत । सुर्खेतमा मदिरा सेवन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेका एक व्यक्तिको मृत्यु भएपछि आफन्तहरु आन्दोलित बनेका छन् ।
बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिएर थुनेको थियो ।
थुनिएका मध्य हमालको हिरासतमै मृत्यु भएपछि आफन्तहरुले आन्दोलन शुरु गरेका हुन् ।
प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको आफन्तको आरोप छ ।
प्रहरीले मदिरा सेवन गरे नगरेको परीक्षण गर्न अस्पताल लैजादा बाटोमा मृत्यु भएको दाबी गरेपनि आफन्तहरुले शरीरमा निलडाम देखिएको भन्दै कुटपिटबाट मृत्यु भएको आशंका गरेर आन्दोलन थालेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ