जेलेन्सकीले पुटिनलाई भने, म सँग वार्तामा बस्नुस्, म टोक्दिन तपाईलाई

जेलेन्सकीले पुटिनलाई भने, म सँग वार्तामा बस्नुस्, म टोक्दिन तपाईलाई

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी फागुण २० । युक्रेनका राष्ट्रपतिले आफ्नो निवासको झ्यालमा गोलाबारीबाट बच्न बालुवाको बोरा राखेर पत्रकार सम्मेलन गरेका छन् । आज चेर्निबिलमा आक्रमणपछि न्युक्लियर पावर प्लान्ट रुसले कब्जा गरेपछि उनले रुसी राष्ट्रपति पुटिनसँग सिधा संवादका लागि अपील गरेका छन् ।
उनले भने , आउनुस् समकक्षि पुटिन तपाई र म बसौँ , वार्ता गरौँ, म तपाईलाई टोक्दिन ” ।
उनले प्रतिनिधिमण्डलबीच दुई चरण सम्म भएको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि आफू र पुटिनबीच सिधै वार्ता गर्न प्रस्ताव गरेका छन् ।
पुटिनले उनलाई पश्चिमाहरुको कठपुतली र नवनाजीवादी भन्दै उनीसँग सिधै वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
रुस युक्रेनबीच युद्ध शुरु भएको नवौँ दिनमा दुबै देशका हजारौँ सैनिकको मृत्यु भएको छ भने थुप्रै सर्वसाधारणको पनि ज्यान गएको छ । संयौँ सैन्य तथा गैर सैनिक संरचनाहरु ध्वस्त भएका छन् ।
युक्रेनबाट दश लाख मानिस देश छाडेर पलायन भईसकेको सँयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ