युद्धका बीच पनि रुसी सेनाले युक्रेनी नागरिकलाई सहायता बाँड्दै, ३० टन मानवीय सहायता बाँडिएको रक्षा मन्त्रालयको दाबी

युद्धका बीच पनि रुसी सेनाले युक्रेनी नागरिकलाई सहायता बाँड्दै, ३० टन मानवीय सहायता बाँडिएको रक्षा मन्त्रालयको दाबी

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.3K
    SHARES

एजेन्सी फागुण १९ । एकातिर ८ दिन देखि रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यस युद्धमा दुबै देशका हजारौँ सेना र सर्वसाधारणको मृत्यु भईसकेको छ । हजार बढी सैन्य संरचना र सँंयौ गैरसैनिक संरचना समेत ध्वस्त भएका छन् ।
यही भीषण युद्धका बीच रुसी सेनाले युक्रेनी नागरिकलाई मानवीय सहायता प्रदान गरेको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसी समाचार संस्था तासले तस्वीर सहित यो समाचार प्रकाशित गरेको छ । खारकिभ क्षेत्र आसपासका युक्रेनी नागरिकका लागि रुसको बेलगोरोडका रुसी जनताको तर्फबाट पठाईएका ३० टन सहायता सामाग्री रुसी सेनाले वितरण गरेको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
प्रशोधित माछामासु, खाद्यन्न, पिउने पानी, बेकरी जस्ता सामाग्री युक्रेनका महिला, बालबालिका र बृद्ध बृद्धाहरुलाई वितरण गरिएको रुसी सेनाले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ