विश्वकप क्रिकेटमा छनौट नभए पनि नेपालले अन्तिम खेलमा जीत हात पार्दै तेस्रो बन्यो

विश्वकप क्रिकेटमा छनौट नभए पनि नेपालले अन्तिम खेलमा जीत हात पार्दै तेस्रो बन्यो

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

आइसिसी टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो भएको छ। आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १६।२ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५३ बलमा नटआउट ५५ रन जोडे । यस्तै आरिफ शेखले नटआउट २१ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख १३ रनमा आउट भएका थिए।

सेमिफाइनलमा पराजित भएका दुवै टिम टी(२० विश्वकपमा पुग्न भने असफल भएका थिए।
त्यसअघि अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन जोड्यो।

नेपालले दोस्रो ओभरदेखि नै ओमानको विकेट लिन सुरु गरेको थियो। १० ओभरसम्ममा ओमानले ४ विकेट गुमाउँदा ३१ रन मात्र जोडेको थियो।

ओमानका ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंह २ रनमा रनआउट हुँदा काश्यप प्रजापति ५ रनमा आउट भए।

यस्तै सोइब खान ३ रन र मोहमद नदीम १ रनमा पेभिलियन फर्के। कप्तान जीसन मक्सूदले २१ रन जोडेका थिए भने आयन खानले १६ रन बटुले। सन्दीप गोउड १ रन र नेस्टर धम्माले ३ रन भन्दा बढी जोड्न सकेनन्।

सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि नीशम खुसीले १५ रन जोडे भने कालीमुल्लाहले नटआउट १४ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले चार ओभरमा १३ रन खर्चिए। कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले १(१ विकेट लिए।
आजै भएको फाईनलमा आयरल्याण्डलाई हराउदै युएईले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ