नेपालको क्रिकेटको विश्वकप यात्रा टुंगियो, खराब प्रदर्शन गर्दा युएईसँग ६८ रनले पराजीत

नेपालको क्रिकेटको विश्वकप यात्रा टुंगियो, खराब प्रदर्शन गर्दा युएईसँग ६८ रनले पराजीत

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

यस पटक अष्टेलियामा हुने टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनौट हुने ठूलो अपेक्षा बिपरीत सेमिफाईनलमा नेपाली टोलीले खराब प्रदर्शन गर्दा उक्त लक्ष्यमा धक्का लागेको छ ।
नेपाल युएईसँग ६८ रनले पराजीत भयो । नेपाल १८.४ ओभरमा १०७ रनमा अलआउट भयो । १७६ रनको लक्ष्य बिरुद्ध ब्याटीगं गरेको नेपाल पहिलो ओभरमै दुई खेलाडी शुन्य रनमा आउट हुँदा दबाबमा आएको थियो ।

नेपालका ओपनर आशिफ शेख र लोकेश बम शुन्य रनमा आउट भएपछि दबाबमा आएको नेपालले १४ रन बनाउदै कुसल भुर्तेललाई पनि गुमायो । भुर्तेल ७ रनमा आउट भए ।
आशा गरिएका कुसल भुर्तेल सात रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी ३८ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल २० रनमा पेभिलियन फर्किए ।
आरिफ शेख ११ रनमा पेभिलियन फर्किदा कप्तान सन्दीप लामीछाने पनि चार रनमै आउट भए । त्यसपछि बिबेक यादव ८ रनमा आउट भए । कमल ऐरीले ४ र जीतेन्द्र मुखियाले ५ रन मात्र बनाए ।
नेपालको पारी ध्वस्त पार्ने क्रममा अहमेद राजाले ५ विकेट लिए भने जुनैद सिद्धिकीले ३ विकेट लिए ।
नेपाली बलरहरुले शुरु र मध्यक्रममा विकेट लिन नसक्दा युएईले उक्त १७५ रनको बिशाल योगफल बनायो । युएईले २० ओभरमा ७ विकेट गुमाएर उक्त स्कोर खडा गर्यो ।
नेपालका लागि जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन विकेट लिए भने सन्दीप लामीछानेले एक विकेट लिए ।
उता अर्को समुहबाट आयोजक ओमनलाई हराउदै आयरल्याण्ड पनि विश्वकपका लागि छनौट भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ