नेपाल विश्वकप छनौट किकेटको सेमिफाईनलमा, अब युएईलाई हराउन सके अष्टेलिया यात्रा निश्चित

नेपाल विश्वकप छनौट किकेटको सेमिफाईनलमा, अब युएईलाई हराउन सके अष्टेलिया यात्रा निश्चित

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

बैतडी फागुण ९ । नेपालले विश्वकप छनौट क्रिकेटमा समुह चरणको अन्तिम खेलमा क्यानडा बिरुद्ध ८ रनको जीत निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ । नेपालले उत्कृष्ट बलिगं गर्दै १५ ओभरमा ८० रनमा अलआउट गरेपछि पाएको ८१ रनको लक्ष्य १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गरयो । नेपालका लागि कुसल भुर्तेल ३४, दिपेन्द सिंह ऐरी २७ बनाउदै अवीजीत रहे । ओपनर आशिफ शेख १७ रन बनाएर आउट भए । कुसल मल्ल शुन्य रनमा पेभिलियन फर्किए । त्यस अघि नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।
कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।
साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।

अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर खडा भयो । हेयलिगरले सर्वाधिक २४ रन बनाए ।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।
नेपालले अब सेमिफाईनलमा युएई बिरुद्ध खेल्ने छ । यो खेलमा युएईलाई पराजीत गरे नेपालले यसै वर्ष अष्टेलियामा हुने टी २० विश्वकपमा छनौट हुने छ ।
यस समुहबाट नेपालसँगै ओमन पनि सेमिफाईनल प्रवेश गरेको छ । अर्को समुहबाट युएई र आयरल्याण्ड छनौट भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ