विश्वकप छनौट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडा बिरुद्ध खेल्दै

विश्वकप छनौट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडा बिरुद्ध खेल्दै

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपालले विश्वकप छनौट क्रिकेटमा समुह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडा बिरुद्ध खेल्दै छ । ३ः४५ बजे हुने खेलमा नेपालले क्यानडालाई पराजीत गरी समुह बिजेता बन्ने लक्ष्य लिएको छ ।
नेपालले यस अघि आयोजक ओमन र फिलिपिन्समाथि शानदार जीत निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ । नेपालले ओमनलाई ३९ रन र फिलिपिन्स बिरुद्ध १३६ रनको फराकीलो अन्तरले जीतेकाले नेपालको रन रेट पनि सबै भन्दा माथि छ । यसको फाईदा नेपालले आज यदी पराजीत भएको खण्डमा पनि रनरेटका आधारमा सेमिफाईनल भने लगभग सुनिश्चित गर्ने छ ।
आजको खेलमा सेमिफाईनलमा पुग्न ओमनले फिलिपिन्सलाई हराउनै पर्ने हुन्छ ।
नेपालले सेमिफाईनलमा बहराईन र आयरल्याण्डको खेलपछि आउने टोली र युएई मध्य एक टोलीसँग भेट पक्का गर्नेछ ।
सेमिफाईनलको त्यो यात्रा पार गरेका नेपाल अष्ट्रेलियामा यसै बर्ष हुने विश्व कपका लागि छनौट हुने छ ।
प्रशिक्षक पुवुदु दासानायकेको नेतृत्वमा नेपालले यस अघि बंगलादेशमा टि ट्वेन्टी विश्वकप खेलेको थियो । त्यस पछि नेपाल यस पटक विश्वकप खेल्न आतुर छ ।

टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ अन्तर्गत पनि समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ