‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुँदै

  • सोमवार, फाल्गुन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

९ फागुन, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब छ । ब्रिगेड ११ खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेकोछ ।

सातदोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ । सातदोबाटो ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेकोछ । सातदोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ ।

त्यस्तै , च्यासल रेलिगेसनमा परिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ