नेपालद्धारा फिलिपिन्समाथि १३६ रनको फराकीले अन्तरले जीत, सेमिफाईनल पक्का

नेपालद्धारा फिलिपिन्समाथि १३६ रनको फराकीले अन्तरले जीत, सेमिफाईनल पक्का

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

नेपालले विश्वकप छनौट क्रिकेटमा फिलिपिन्सलाई १३६ रनको भारी अन्तरले पराजीत गरेको छ । यो जीतसँगै नेपाल एक खेल अघि नै सेमिफाईनल प्रवेश गर्ने लगभग निश्चित बनेको छ । ्
आज टस हारेल ब्याटीङ गरेको नेपालले दिएको २१९ रनको बिशाल लक्ष्य पछ्याएको फिलिपिन्स ८ विकेटको क्षतिमा ८२ रनमा समेटिएपछि नेपालले सहज जीत हात पारेको हो ।
नेपालले फिलिपिन्सलाई सस्तोमा समेट्ने क्रममा कप्तान सन्दीप लामीछाने एक्लैले तीन विकेट लिए । त्यसै गरी गुल्सन झा, अविनाश बोहरा, कुसल मल्ल, दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए । फिलिपिन्सका लागि जोर्डन एलेग्रा २७ र डेनियल स्मिथले २० रन जोड्नु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
त्यस अघि नेपालले फिलिपिन्स बिरुद्ध आक्रामक ब्याटीङ गर्दै ३ विकेटको क्षतिमा २१८ रनको बिशाल योगफल बनायो ।
नेपालका लागि शतक पुरा गरेका कुसल भुर्तेलले विष्फोटक ब्याटीङ गर्दै ६१ बलमा १०४ रन जोडे । उनले १३ चौका र एक छक्का प्रहार गरे । उनीसँग उत्कृष्ट साझेदारी गरेका दिपेन्द्र सिंह ऐरीले पनि विष्फोटक ब्याटीङ गर्दै ४७ बलमा ८३ रन बनाए । उनले चार छक्का र ६ चौका हिर्काएर आउट भए । कुसल मल्ल १२ रनमा पेभिलियन फर्किए ।
ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए । लोकेश बमले अवितीज ६ रन बनाए ।
यो लगातारको जीतपछि नेपाल चार अंक सहित समुहको शीर्ष स्थानमा रहँदै सेमिफाईनलमा स्थान लगभग पक्का गरेको छ । अब नेपाल अन्तिम खेलमा क्यानडा बिरुद्ध पराजीत हुँदा पनि रनरेटका आधारमा सेमिफाईनल पुग्ने संभावना बलियो छ ।
टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ अन्तर्गत पनि समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष दुई दुई टिम सेमिफाइनल पुग्नेछन्। त्यसबाट पनि फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ