नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्स बिरुद्ध खेल्दै छ । बिहान पौने १२ बजे हुने खेलमा सहज जीतको नेपाली टिम रहेको छ । नेपालले तुलनात्मक रुपमा बलियो टोली आयोजक ओमन बिरुद्ध शानदार प्रदर्शन गर्दै जीत निकालेको थियो । नेपालले आज फिलिपिन्सलाई हराए र क्यानडालाई ओमनले हराएमा संभवतः नेपाल सेमिफाईनल प्रवेश गर्नेछ ।
फिलिपिन्स नेपालको तुलनामा केही कमजोर मानिएकाले टोलीले सहज जीतको खोजी गरेको छ । नेपालको ब्याटीगं लाईनमा अझ सुधारको खाँचो रहेको प्रशिक्षक पुवुदु दासानायकेले उल्लेख गरेका छन् ।
टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ अन्तर्गत पनि समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष दुई दुई टिम सेमिफाइनल पुग्नेछन्। त्यसबाट पनि फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।