नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको खेलमा नेपालले आयोजक ओमन बिरुद्ध शानदार प्रदर्शन गर्दै जीत निकालेको छ । नेपालले ओमनलाई १७ ओभरमा ७८ रनमा अलआउट गर्दै ऐतिहासिक जीत निकालेको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले ओमनलाई ११८ रनको चुनौती दिएको थियो ।
यो जीतले नेपाललाई सेमिफाईनल पुग्न मद्धत पुर्याउने देखिएको छ ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधीक तीन विकेट लिए । उनले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २, सन्दीप लामीछानेले २, जितेन्द्र मुखिया र अविनाश बोहराले समान एक एक विकेट लिए । शुरु देखि नै ओमनको ब्याटीङ लाईनअप नेपाली बलरले ध्वस्त पारेका थिए ।
नेपालले पुरै २० ओभरमा ८ विकेट गुमाएर ११७ रन जोड्यो । ओपनर आशिफ शेख ४ रनमै पेभिलियन फकिए भने कुशल भुर्तेल पनि ५ रनमै आउट भएपछि धरापमा परेको नेपाली ब्याटीङ लाईनमा आरिफ शेख बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् । । आरिफले सर्वाधीक ३८ रन जोडे । ज्ञानेन्द्र मल्ल १५ रन बनाएर आउट हुँदा दिपेन्द्र सिंह ऐरी ११ रनमै आउट भए ।
त्यसै गरी लोकेश बम १६, विवेक यादव ७ र कमल सिंह ऐरी १ रनमा आउट हुँदा कप्तान सन्दीप लामीछानेले १६ रन जोडेर अविजीत रहे । उनले ७ बलमा एक छक्का र एक चौका सहित उक्त स्कोर बनाए ।
टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २९२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ ।