नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज पहिलो खेल घरेलु टोली ओमानविरूद्ध खेलिरहेको छ । टस हारेर ब्याटिङ गरीरहेको नेपालले तीन ओभर भित्र १२ रनमै दुई ओपनर गुमाएर धरापमा परेको बेला थप २ विकेट झरेको छ । ओपनर आशिफ शेख ४ रनमै पेभिलियन फकिए भने कुशल भुर्तेल पनि ५ रनमै आउट भए । त्यसपछि ज्ञानेन्द्र मल्ल १५ रन बनाएर आउट हुँदा दिपेन्द्र सिंह ऐरी ११ रनमै आउट भए पछि नेपाल संकटमा परेको हो ।
नेपालले ११ ओभरमा जम्मा ५० रन जोड्दा ४ विकेट गुमाईसकेको छ ।
सेमिफाइनल पुग्ने आधार बनाउन नेपालले आजको खेल जीत्नै पर्नेछ । यस अघि चार देशीय श्रृखलामा नेपालले ओमनलाई ६ विकेटले पराजीत गरेको थियो ।
टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेर नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएका छन् । सन्दीप नेपाली टोली विश्वकपका लागि छनौट हुने दाबी समेत गरीरहेका छन् ।
टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २९२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ । त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी९२० विश्वकपमा छनोट हुनेछ।