ओमन विरुद्ध जीत निकाल्दै विश्वकप यात्रा अघि बढाउने दाउमा नेपाली टिम

ओमन विरुद्ध जीत निकाल्दै विश्वकप यात्रा अघि बढाउने दाउमा नेपाली टिम

  • शुक्रबार, फाल्गुन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज पहिलो खेल घरेलु टोली ओमानविरूद्ध खेल्दैछ।

नेपाल र ओमानबीचको खेल बिहान ११ :४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने आधार बनाउन नेपालले आजको खेल जीत्नै पर्नेछ । यस अघि चार देशीय श्रृखलामा नेपालले ओमनलाई ६ विकेटले पराजीत गरेको थियो ।
टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेर नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएका छन् । सन्दीप नेपाली टोली विश्वकपका लागि छनौट हुने दाबी समेत गरीरहेका छन् ।

टी २० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ । त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ