एपिएफले मनाङलाई हरायो

एपिएफले मनाङलाई हरायो

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालामा भएको खेलमा एपिएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफलाई जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक÷एक गोल गरे ।

यता मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । सुरुआती एक गोलको अग्रता उल्टाएर एपिएफले जित निकालेको हो । खेलको ३७ औँ मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । मनाङको एक शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए । खेलको ८१औँ मिनेटमा मनिले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६औँ मिनेटमा कप्तान नवीनले गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।

यस जितसँगै एपिएफले ११ खेलमा १४ अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । हारसँगै मनाङले ११ खेलमा २० अङ्क जोडेको छ । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ