नेपाललाई विश्वकपमा पुरयाउने दोस्रो लक्ष्य पछयाउदै प्रशिक्षक दासानायके, युवा कप्तान सन्दीप पनि विस्वस्त

नेपाललाई विश्वकपमा पुरयाउने दोस्रो लक्ष्य पछयाउदै प्रशिक्षक दासानायके, युवा कप्तान सन्दीप पनि विस्वस्त

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं । नेपाली क्रिकेट ईतिहासका सर्वाधिक सफल प्रशिक्षक हुन् पुवुदु दासानायके । उनले यस अघि नेपाललाई टी ट्वेन्टी विश्वकपमा छनौट गराएका थिए । उनले भोलीबाट शुरु हुने विश्वकप छनौटमा पनि नेपाललाई पुर्याउने दोस्रो लक्ष्य लिएका छन् । तर यस पटक पहिलाको अनुभवि र सर्वाधिक सफल कप्तान पारस् खड्का छैनन् । यस पटक युवा कप्तान सन्दीप लामीछाने रहेका छन् ।

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले आयोजक ओमानविरुद्ध शुक्रबार अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल खेल्दैछ ।

ओमानविरुद्धको खेल अघि प्रशिक्षक दासानायकेले नेपाल राम्रो अवस्थामा रहेको र खेलाडीहरु फर्ममा रहेको बताए । उनले ओमानमा भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा खेलेका तीन खेलले खेलाडीलाई ओमानको कन्डिसन बुझ्न र उच्च स्तरको खेलका लागि तयार पार्न मदत गरेको बताए ।

कप्तान लामिछानेले विश्वकप छनोटका लागि चारदेशीय सिरिज विश्वकप छनोटको लागि एकदशै महत्वपूर्ण रहेको र छनोटका लागि टिम सक्षम रहेको बताए ।
यस अघि ओमनमै भएको चार देशीय श्रृखलामा नेपाल दुई खेलमा पराजीत हुँदै पुछारमा रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ