शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणका लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गर्नुभयो । देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने सरकारको योजना रहेको उल्लेख गर्दै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गर्नुभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकका लागि तालिम दिने संस्था टिआइटीआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सवलीकरण परियोजनालगायतमा सहयोग गर्दै आएको छ ।

यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी